घर मनोरञ्जन लिली एन्जाइटीको सिकार

लिली एन्जाइटीको सिकार

37
0

लस एन्जलस । हलिउड अभिनेत्री लिली रेनहार्ट कोभिड–१९ महामारीबीच एन्जाइटीको समस्यासँग लडिरहेकी छन्। फिमेल फस्र्ट डटको डट यूकेको रिपोर्टअनुसार इन्स्टाग्राममा लेखक सिल्वेस्टर म्याकनेटसँग कुरा गर्दै लिलीले महामारीले उनको मानसिक स्वास्थ्यमा कसरी प्रभावित गरिरहेको छ भन्ने बताएकी छन्।

लिलीले भनिन्, ‘मैले प्रत्येक समय आफूलाई तनावमा राखिरहेकी छु। म पोस्ट अफिस गइरहेकी छु जब कि म पोस्ट अफिसतर्फ ड्राइभ गर्न चाहिरहेकी छैन। म आफ्नो कुकुर छोड्न चाहन्नँ। म मास्क पनि लगाउन चाहन्नँ। सार्वजनिक रूपमा बाहिर जान चाहन्नँ। म आफूलाई तनावपूर्ण वातावरणमा राख्न पनि चाहन्नँ।’

रिभरडेल फेम अभिनेत्रीले खुलाइन्, ‘जब म स्कुलमा थिएँ, त्यति बेलादेखि नै एन्जाइटीसँग लडिरहेकी छु। मैले स्कुल जाने क्रममा पनि निकै संघर्ष गरेँ। म यो स्थितिबाट बच्न सकिनँ किनकि मसँग कुनै विकल्प थिएन। म ८ कक्षामा हुँदै प्यानिक अट्याक सुरु भयो। त्यति बेला म हर बिहान रुन्थेँ।