घर मनोरञ्जन ट्रोलको सिकारमा अमिसा

ट्रोलको सिकारमा अमिसा

38
0

मुम्बई । बलिउड अभिनेत्री अमिसा पटेल प्रायः चर्चामा रहन्छिन्। सोसल मिडियामा अमिसा अक्सर आफ्ना बोल्ड तस्बिर र भिडियो सेयर गरिरहन्छिन् यसकै कारण धेरै पटक अमिसा ट्रोलको सिकार पनि हुन्छिन्। हालै उनले एउटा मन्दिरबाहिर आफ्नो सुटिङ स्पट बनाइन्।

त्यहाँका उनका केही तस्बिर र भिडियो निकै भाइरल भइरहेका छन्। दर्शकको भनाइ छ— अमिसा यस्तो कपडा लगाएर मन्दिर जान हुँदैनथ्यो। भिडियोमा अमिसाले कालो टप र सर्ट लगाएकी छन्। उनले मास्क र जुत्ता पनि लगाएकी छन्। मन्दिरबाहिर अमिसालाई यो हुलियामा देखेपछि सोसल मिडिया प्रयोगकर्ता भड्किएका छन् र ट्रोल गर्न लागेका छन्।

अमिसाले फिल्म करिअरको सुरुआत सन् २००० को फिल्म ‘कहो ना प्यार है’बाट गरेकी थिइन्। यो फिल्ममा उनको साथमा ऋतिक रोशन मुख्य भूमिकामा थिए। पहिलो फिल्मबाटै अमिसा चर्चित भएकी थिइन्। अमिसाले पछिल्लो पटक फिल्म ‘भैया जी सुपरस्टार’मा अभिनय गरेकी थिइन्। एजेन्सी