घर खेलकुद फ्रेन्च कप : एमबाप्पेलाई चोट, क्‍वार्टरफाइनल गुमाउने

फ्रेन्च कप : एमबाप्पेलाई चोट, क्‍वार्टरफाइनल गुमाउने

47
0

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् । दायाँ गोलिगाठोमा चोट लागेका कारण उनी मैदान बाहिर रहने भएका हुन् ।

शुक्रबार फ्रेन्च कपअन्तर्गत सेन्ट इटियनविरुद्धको खेलमा एमबाप्पे घाइते भएका थिए । २१ वर्षीय एमबाप्पे डिफेन्डर लोइक पेरिनले फल गरेपछि पहिलो हाफमा मैदान छाड्न बाध्य भएका थिए ।

पिएसजीले आगामी जुलाई ३१ मा फ्रेन्च लिग कपको फाइनलमा लियोनसँग खेल्दैछ । यो खेल अब उनले गुमाउने भएका छन् । यस्तै अगस्ट १२ मा पोर्चुगलको लिस्बनमा पिएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्ने खेलमा उनी हुनेछैनन् ।

पिएसजी सेमिफाइनल पुगे एमबाप्पे मैदान फर्कन सक्छन् । एमबाप्पेले पिएसजीका लागि सिजनमा ३३ खेलमा २९ गोल गरेका थिए । कोरोना भाइरसका कारण फ्रेन्च लिग वान अन्त्य भएपछि पिएसजीलाई उपाधि दिइएको थियो । एजेन्सी