घर राजनीति ६ तस्बिरमा वामदेव निवासमा प्रधानमन्त्री ओली

६ तस्बिरमा वामदेव निवासमा प्रधानमन्त्री ओली

474
0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । ओली गौतमलाई भेट्न महासचिव विष्णु पौडेलसँगै निवासमै पुगेका हुन् । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्‍याएका छन् । गौतम निवासमा प्रधानमन्त्री ओलीको छलफल नेकपाभित्र महत्वपूर्ण रुपमा लिइएको छ।

र, यो पनि
प्रचण्डको दुई विकल्प : झुकेर बस्ने कि विभाजन रोज्‍ने ?
बामदेवलाई भेट्न विष्णु पौडेललाई लिएर भैंसेपाटी पुगे ओली
स्थायी समितिमा यस्तो बन्दै छ समीकरण
नेकपा विवाद जटिल मोडमा

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बसेको थियो। बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको थियो।