घर अर्थ / वाणिज्य सुन तोलाको ९९ हजार पुग्यो

सुन तोलाको ९९ हजार पुग्यो

71
0

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार पुगेको छ । बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले छ ।

बुधबारको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।