घर राजनीति बालकृष्ण ढुंगेलको व्यङ्ग्य कता ? प्रचण्डतिर ?

बालकृष्ण ढुंगेलको व्यङ्ग्य कता ? प्रचण्डतिर ?

488
0

काठमाडौं । बालकृष्ण ढुंगेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन्।

‘भुइँको टिप्नलाग्दा पोल्टाको पोखिएछ’ ढुंगेलले लेखेका छन् ‘हामी आफन्त बनेर पोल्टामा पस्न नसकेका योगदान रऔकात बिहिन बनाइएका हरु हासेरै मरिने भो ।’

उनको यो भनाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर तेस्रिएको अनुमान गर्न सकिन्छ । नेकपाको विवादबारे पछिल्लो समय पूर्वमाओवादीका कतिपय नेताहरु खुलेरै प्रधनमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा लागेका छन्।

जनयुद्धमा हत्या गरेको आरोपमा ढुंगेल जेल परेका थिए । जेलबाट छुटेदेखि ढुंगेल प्रचण्डसँग नजिक रहेका छैनन्।