घर राजनीति प्रचण्डले भने- एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्नु...

प्रचण्डले भने- एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्नु हुँदैन

170
0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुनु हुँदैन’ प्रचण्डले भने ‘तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने सचेत छौँ । पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्’ उनले भने, ‘त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन ।’

उनले कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नपर्ने बताए। ‘विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्दि्रत भएर हाम्रा छलफल चलिरहेका छन’ उनले भने।