घर प्रदेश सशस्त्र प्रहरीका १७ जनालाई कोरोना संक्रमण

सशस्त्र प्रहरीका १७ जनालाई कोरोना संक्रमण

81
0

इलाम । सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा कोरोना पुष्टि भएको छ। शनिबार स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए। यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो।

पछिल्लो पटक थपिएका १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा पोजिटिभ देखिएको छ। थप ४० जनाको स्वाब संकलनको तयारी भइरहेको सशस्त्र प्रहरी गणले जनाएको छ। फोकल पर्सन बरालका अनुसार ४० जनाको आइतबार स्वाब संकलन गर्ने तयारी गरिएको छ। पोजिटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँ पठाउने तयारी गरिएको छ।