घर प्रदेश वीरगन्जमा कोरोनाले एकको मृत्यु

वीरगन्जमा कोरोनाले एकको मृत्यु

75
0

वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी वीरगन्ज १६ नगवाकी ५० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

निमोनियाको समस्या भएपछि साउन १५ गते बयोधा अस्पतालको आइसियुमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा शुक्रबार बिहान १० बजे मृत्यु भएको थियो।
शुक्रबार बिहानै उनको मृत्यु भएको भएपनि उनमा कारोना संक्रमण भएको पुष्टि भने शुक्रबार राति मात्रै भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। मृत्यु हुनु अघि नै उपचारका क्रममा शुक्रबार ती महिलाको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

हालसम्म वीरगन्जमा कारोनाका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।