घर विश्व कोरोनाले अमेरिकामा एकै दिन १४४२ जनाको मृत्यु

कोरोनाले अमेरिकामा एकै दिन १४४२ जनाको मृत्यु

98
0

अमेरिका । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ । शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो ।

विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्य भएको अमेरिकामा कोरोनाभाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क रहेको छ ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ । अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ । एएफपी