घर मनोरञ्जन रियासँग ८ घण्टा बयान, सुशान्तको मृत्युपछि तीन पटक कसरी बदलियो कम्पनीको आईपी...

रियासँग ८ घण्टा बयान, सुशान्तको मृत्युपछि तीन पटक कसरी बदलियो कम्पनीको आईपी ?

186
0

मुम्बई । सुशान्त सिंह राजपुतको आत्महत्या घटनामा बलिउड अभिनेत्री रिया चक्रवर्तीसँग आठ घण्टा सोधपुछ गरिएको छ। सुशान्तको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार रियासँग बयान लिएको हो।

रियाले ईडीका केही प्रश्नको स्पष्ट जवाफ नदिएको बताइएको छ। समाचारअनुसार ईडीले पुनः अर्कोपटक रियासँग सोधपुछ गरेर अन्य जानकारी लिने बताइएको छ। यसले सुशान्त घटनामा रिया अप्ठ्यारो अवस्थामा पुगेकी छन्। ईडीले नायिका रियालाई सोधपुछका लागि पुनः उपस्थित हुन भनेको छ।

रियासँगको सोधपुछपछि शनिबार उनका भाइ सौविक चक्रवर्तीसँग लगभग १८ घण्टा सोधपुछ गरिएको थियो। सुशान्तको मृत्युपछि पनि उनको एक कम्पनीको आईपी ठेगाना तीन पटक बदलिएको छ।

पछि लिइने बयानमा रियासँग उनको सम्पत्ति र आम्दानीसँग जोडिएका प्रश्न सोधिने अनुमान छ। एजेन्सी