घर मनोरञ्जन सञ्जय दत्तलाई तेस्रो चरणको क्यान्सर

सञ्जय दत्तलाई तेस्रो चरणको क्यान्सर

283
0

भारत । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको छ। उपचारका लागि ६१ वर्षीय दत्त अमेरिका प्रस्थान गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

सास फेर्न कठिन भएपछि अभिनेता दत्त यही अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए। त्यस क्रममा कोरोना परीक्षण पनि गरिएको थियो। तर रिपोर्ट नेगेटिभ आएको थियो। तर उनलाई फोक्समो क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डिस्चार्ज भएका हुन्।

दत्तका श्रीमती र सन्तान लकाउनका कारण ५ महिनादेखि दुबईमा छन्। उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो। क्यान्सरकै कारण सन् १९८१ मा आमाको निधन भएको थियो। सञ्जयलाई पनि क्यान्सर भएपछि उनका फ्यानले स्वास्थ्य लाभको कामना गरिरहेका छन्। एजेन्सी