घर स्वास्थ्य कोरोनाले बुधबार विहान दुई जनाको मृत्यु

कोरोनाले बुधबार विहान दुई जनाको मृत्यु

264
0
फाइल तस्बिर

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको छ । ४२ वर्षीय पुरुषको बुधबार बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कपिलवस्तु कृष्णनगरका ४२ वर्षीय पुरुष साउन २५ गते मात्रै अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । मृतक पुरुषको दाँया फोक्सोमा खराबी, निमोनिया, पिसापमा खराबी देखिएको उनले बताए ।