घर खेलकुद ओल्मोको त्यो गोल : जसले लाइपजिगलाई पुर्‍यायो पहिलो पटक सेमिफाइनलमा

ओल्मोको त्यो गोल : जसले लाइपजिगलाई पुर्‍यायो पहिलो पटक सेमिफाइनलमा

116
0

जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । लाइपजिकले बिहीबार राति भएको क्वार्टरफाइनलमा एट्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

लाइजिगले क्लब फर्मेसन भएको ११ वर्षमै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० मिनेटमा लाइपजिगले अग्रता लियो। उसका लागि ओल्मोले गोल गरे ।

७१ मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो। उसका लागि सेक्विइराले पेनाल्टीमा बराबरी गोल गरे । तर खेल सकिन दुई मिनेट बाँकी छदा लाइपजिगले खेलमा दोस्रोपटक अग्रता लियो। टेलर एडम्सले ८८ मिनेटमा लाइपजिगका लागि दोस्रो गोल गरे ।

अब सेमिफाइनलमा लाइपजिगले फ्रेञ्च क्लब पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ । लिगमा शुक्रबार राति स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ । एजेन्सी