घर राजनीति सभामुख सापकोटा : घाइतेलाई प्राथमिकतामा राखेर आफु चौतारामै ओर्लिएर उद्वार टोली पठाए

सभामुख सापकोटा : घाइतेलाई प्राथमिकतामा राखेर आफु चौतारामै ओर्लिएर उद्वार टोली पठाए

2162
0

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोका घाइतेहरुलाई उद्वारका हेलिकोप्टर पुगेको छ । घाइतेहरुको उद्वारका लागि काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टर लिएर सिन्धुपाल्चोक आएका हुन् ।

हेलिकोप्टर सदरमुकाम चौतारामा ल्याण्ड गरेर सभामुख सापकोटा, अध्यक्ष होमनारायण श्रेष्ठ ओर्लिएर उद्वारका लागि ४ जना नेपाली सेना एक जना इन्जिनियर घटनास्थल पठाएका छन् । घाइतेलाई उद्वारका लागि टोली पठाउनुभन्दा नेता/कार्यकर्ता हेलिकोप्टरमा ओहोरदोहोर गरेको भन्दै यसअघिको विपत्तिमा विरोध भएको थियो । शुक्रबार बिहान साढे ६ बजे पहिरो १३ घर पुरिएको थियो भने पाँच घरका परिवार सम्पर्कविहीन भएका छन् ।

र, यो पनि

यसैबीच पहिलो चरणमा गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सन्देशपाटी अनलाइनलाई बताए । उनका अनुसार अन्य घाइतेहरुको उद्वार जारी छ ।

‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले सन्देशपाटी अनलाइनसँग भने ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’ नेपालका अनुसार सामन्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर बसेका छन् । अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए । सम्पर्क विहिन भएका ५ घरमा कति जना थिए भन्‍ने यकिन नभएको उनले जानकारी दिए ।