घर राजनीति पहिरो पीडितलाई राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री बादल

पहिरो पीडितलाई राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री बादल

201
0

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ र गृहसचिव महेश्वर न्यौपाने सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर सिन्धुपाल्चोक गएका हुन् । शुक्रबार बिहान गएको पहिरोमा परी पाँच जनाको शव फेला परेको छ भने ३३ जना बेपत्ता भएका छन् ।