घर प्रदेश लिदी पहिरो पीडितलाई चौताराको २ लाख सहयोग

लिदी पहिरो पीडितलाई चौताराको २ लाख सहयोग

155
0

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाले रु २ लाख सहयोग गर्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिङ तामाङले पीडाको यो समयमा सबै स्थानीय सरकार एकजुट भएर थोरै भएपनि सहयोग प्रदान गरिएको बताएका छन् । लिदीको अवस्थाबारे निरिक्षण गरेर आएपछि सहयोग गर्ने निर्णय गरेको मेयर तामाङले बताए ।

र, यो पनि

यस अघि बाढी पहिरोको ठूलो क्षति ब्यहोरेको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाँउपालिकालाई पनि चौताराले रु ५ लाख सहयोग गरेको थियो। सिन्धुपाल्चोक अहिले बाढीपहिरोको चपेटामा छ। बाढीपहिरोबाट सिन्धुपाल्चोकका सबै स्थानीय सरकार यतिबेला प्रभावित भएका छन् । ‘यति ठूलो विपत्तीमा यो रकम थोरै हो, तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौं’ मेयर तामाङले भने ।

भूकम्पपछि कमजोर भुबनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तीबाट धेरै जनधनको क्षति भइरहेको छ । त्यस्तै गत असार २४ र २६ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका–५ जम्बुको बस्ती बगाउदा १६ बेपत्ता भएका थिए भने दुइको मृत्यु भएको थियो । वेपत्ताहरु अझै भेटिएका छैनन् ।