घर खेलकुद मोदीले धोनीलाई भने- तपाईको निर्णयले १३० करोड भारतीय निराश भए (पत्रसहित)

मोदीले धोनीलाई भने- तपाईको निर्णयले १३० करोड भारतीय निराश भए (पत्रसहित)

338
0

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई भावुक पत्र पठाएका छन् । पाँच दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि मोदीले पत्र पठाएका हुन् ।

प्रधानमन्त्री मोदीले पठाएको पत्र धोनीले बिहीबार सार्वजनिक गरेका छन् । ‘महेन्द्र सिंह धोनीको नाम केवल उनको करिअरको आँकडाका लागि मात्र लिइने छैन अथवा केहि खेल जितेको आधारमा लिइनेछैन’ मोदीले पत्रमा लेखेका छन् ‘तपाईँलाई एक खेलाडी मात्र भन्दा न्याय नहोला। तपाईंलाई हेर्ने एक सहि तरिका नै एक घटना हो । तपाईं भारतीय भावनाको प्रतिक हुनुहुन्छ। जहाँ नौजवनाहरु आफ्नो परिवारको नाम लिँदैनन्। तपाईको नाम हासिल गर्छन्।’ पत्रमा भनिएको छ,’तपाईँको संन्यासले १३० करोड भारतीय निराश भए। तर तपाईंले क्रिकेटबाट दिएको योगदानप्रति कृतज्ञ छौं।’