घर खेलकुद सिपिएलको दोस्रो खेलमा पनि चम्किए सन्दीप

सिपिएलको दोस्रो खेलमा पनि चम्किए सन्दीप

153
0

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि चम्किएका छन् । जमैका तलावाजका बलर उनले शुक्रबार बिहान ट्रिन्बागो नाइटराइडर्सविरुद्धको खेलमा विकेट लिन सफल भएका छन्।

सन्दीपले ट्रिन्बागोका ओपनिङ ब्याट्सम्यान सुनील नारिनको विकेट लिएका हुन्। ५३ रन बनाएर खेलिरहेका सुनीललाई सन्दीपले कार्लोस बाथवेटको हातबाट क्याच गराएका थिए । सन्दीपले चार ‌ओभर बलिङ गर्दा ३० रन दिएका थिए । सन्दीपले ८ बल डट फ्याँक्दा २ चौका र १ छक्का पनि दिए ।
यसअघि सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा पनि एक विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा बढी ४२ बलमा ५८ रन जोडे। यस्तै आन्द्रे रसेलले २५ रन र असिफ अलीले २२ रनको योगदान दिए।