घर अर्थ / वाणिज्य कोरोना नियन्त्रणमा १३ अर्ब सकियो, कसले कति खर्च गरे ?

कोरोना नियन्त्रणमा १३ अर्ब सकियो, कसले कति खर्च गरे ?

131
0
फाइल तस्बिर

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । रकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार तीन तहका सरकारले उक्त रकम खर्च गरेका हुन् ।

संघीय सरकारले ५ अर्ब ८५ करोड, प्रदेश सरकारले १ अर्ब ३ करोड र स्थानीय तहहरुले ६ अर्ब २ करोड रुपैयाँ खर्च गरेका छन् । संघीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको गरेको छ । उक्त खर्च औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन र अन्य क्षेत्रमा खर्च भएको जनाएको छ ।

हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । जसमा १ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।