घर मनोरञ्जन दुर्गेशलाई एक साथ दुई सफलता : ट्रेन्डिङ-१ र करोड भ्यूज

दुर्गेशलाई एक साथ दुई सफलता : ट्रेन्डिङ-१ र करोड भ्यूज

115
0

काठमाडौं । पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापालाई दुई सफलता एक साथ मिलेको छ । टेलिभिजन अन्तर्वार्तामा अग्रज कलाकारको गीत गायन र नामका विषयमा चिप्लिंदा तीव्र विवाद र आलोचना खेपेका थापाले ‘आलु जस्तो गायक’बोलको गीतबाट उक्त प्रकरणबारे स्पष्ट पार्न खोजेका छन् ।

इनाक्टी इन्टरटेन्मेटको युट्युव च्यानलबाट सार्वजनिक गीत ‘आलु जस्तो गायक’ २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो गीत युट्युव ट्रेन्डिङको नम्बर १ मा पुग्दा हरितालिका तीज लक्षित गरेर हालै सार्वजनिक गरिएको बीच बीचमा–२ गीतले १ करोड भ्यूज पाएको छ । थापाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गीत शनिबार बिहानसम्ममा १ करोड २४ हजारले हेरेका छन् ।

पछिल्ला दुई गीतमा श्रोता दर्शकले देखाएको अपार माया र सद्भावबाट निकै उत्साहित भएका गायक थापाले बताए । गीतको शब्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन् । अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा अहिलेका चल्तीका नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ ।

युवा पुस्तामाझ गत वर्षको तीज गीत ‘हामी पनि नाँच्नुपर्छ बीच बीचमा’बाट गायक तथा मोडेल दुर्गे थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए ।