काठमाडौं । सरकारले ६० सहसचिवको सरुवा गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा पठाइएको छ । सँगै राष्ट्रिय पुननिर्माण प्रधिकरणका चुडामणि पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी पठाइएको छ ।
गृहमन्त्रालयका सहसचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय, प्रदेश ५, बुटबल खटाइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रघुराम विष्ट सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी खटाइएको छ ।