घर राजनीति कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो : प्रचण्ड

कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो : प्रचण्ड

129
0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुमा स्ट्याटस लेख्दै उनले यस्तो उल्लेख गरेका हुन् ।

प्रचण्डले विचारले मात्रै पनि पार्टी नचल्ने बताएका छन् । त्यस्तै उनले विधिले मात्रै पनि नचल्ने बताएका छन् । ‘पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन’ प्रचण्डले लेखेका छन् ‘अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।’

“पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।”

Posted by क. प्रचण्ड / Comrade Prachanda on Sunday, 30 August 2020