घर समाचार काठमाडौंमा २१२९ सहित नेपालमा ३५५६ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौंमा २१२९ सहित नेपालमा ३५५६ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् । मंगलबार १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। मनाङबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाले काठमाडौं उपत्यकाका दुई हजार एक सय ३९ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए।