घर समाचार स्वास्थ्यकर्मीले अब बिदा नपाउने सरकारको निर्णय

स्वास्थ्यकर्मीले अब बिदा नपाउने सरकारको निर्णय

16
0

काठमाडौँ । सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको सचिव स्तरिय बैठकले कोभिड-१९ को संक्रमण उच्च भएको र उपचारमा खटिनुपर्ने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको हो ।

आजको बैठकले बिदामा रहेको स्वास्थ्यकर्मीलाई सम्बन्धीत कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले अस्पतालमा रहेको दरबन्दी अनुसार पद रित्त भएको खण्डमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र त्यसको लागि ६ महिना करारमा सेवामा भर्ना गर्ने निर्णय पनि गरेको छ ।

कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आलोपालो प्रणाली लागू गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।