घर प्रदेश लुम्बिनीको विशेष अधिवेशन बैशाख १९ गते

लुम्बिनीको विशेष अधिवेशन बैशाख १९ गते

13
0

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी बैशाख १९ गते आह्‍वान गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक आह्‍वान गरिएको हो।

प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिनको १ बजे बस्नेगरी प्रदेश सभाको विशेष अधिवेशन आह्‍वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भैसकेको र सभामुखसँग छलफलपछि सूचना प्रकाशित गर्ने तयारी भैरहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।

बैशाख ६ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगाएतका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लगत्तै विपक्षी प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।