घर अर्थ / वाणिज्य राष्ट्रिय सभा उपनिर्वाचन बजेट डेढ करोड

राष्ट्रिय सभा उपनिर्वाचन बजेट डेढ करोड

12
0

काठमाडौं । निर्वाचन आयोगले जेठ ट गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७ड तयार गरेको छ । कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा १ करोड ६१ लाख ३० हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।

कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट बैशाख १४ मा निर्णय भएको थियो । सोहीअनुसार अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जानकारी दिएको छ ।

न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । बैशाख १४ को निर्णयबाट नियुक्ति गरिएको आयोगले बताएको छ ।