घर अर्थ / वाणिज्य दुई दिन घटेको सेयर बजार आज बढ्‍यो : ११ कम्पनीको सेयर मूल्यमा...

दुई दिन घटेको सेयर बजार आज बढ्‍यो : ११ कम्पनीको सेयर मूल्यमा उछाल

14
0

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेको छ । सरकारले बैशाख १६ गतेदेखि दुई साता निषेधाज्ञा जारी गर्ने निर्णय गरे पनि त्यसको असर यो पटक सेयर बजारमा परेको छैन् ।
से
यर कारोबार ५ अर्ब १० करोड रुपैयाँ बराबर कायम भएको छ भने ६३ हजार ५५८ पटकको कारोबारमा एक करोड २ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ ।

कुन समूहको कति बढ्यो ?
जलविद्युत समूहको परिसूचक ६.४८ प्रतिशतले बढेको छ । माथिल्लो तामाकोशी (अपर) जलविद्युतको सेयर मूल्य बढेर सर्किट लागेपछि सेयर मूल्य प्रति कित्ता ८४७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर २७० रुपैयाँ पुगेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर २९४ रुपैयाँ पुगेको छ । त्यसै गरी युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य ९.०२ प्रतिशतले बढेर २९० रुपैयाँ कायम भएको छ ।

आज व्यापार समूहमा ५.५५ प्रतिशतले वृद्धि भएको छ भने उत्पादन समूहमा ४.४९ प्रतिशतले बढ्यो । निर्जीवन बीमा समूहमा ४.४ प्रतिशतले वृद्धि भयो भने माइक्रोफाइनान्स समूहको परिसूचक ४.७७ प्रतिशतले बढेको । त्यसैगरी लगानी समूहमा ४.६५ प्रतिशतले वृद्धि भयो भने बैंकिङ समूहमा २.६ प्रतिशतले वृद्धि भयो ।