घर समाचार २४ घण्टामा चार हजार ५२४ जनालाई कोभिड, १८ जनाको मृत्यु

२४ घण्टामा चार हजार ५२४ जनालाई कोभिड, १८ जनाको मृत्यु

18
0

काठमाडौँ । नेपालमा मंगलबार थप चार हजार ५२४ जनामा कोभिड-१९ पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ६७२ पीसीआर परीक्षणका क्रममा चार हजार तीन ३६४ जना र एक हजार ९ वटा एन्टीजेन परिक्षणका क्रममा १६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या तीन लाख ७ हजार ९२५ पुगेको छ । त्यस्तै थप १८ संक्रमितको मृत्यु भएको छ भने नेपाल हालसम्म ज्यान गुमाउनेको स‍ख्‍या ३ हजार १९४ पुगेको छ । त्यस्तै ५५५ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार २२५ संक्रिय संक्रमित आइसोलेशनमा छन् ने ५८ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।