घर खेलकुद पञ्जाबमाथि कोलकाताको ५ विकेटको जित

पञ्जाबमाथि कोलकाताको ५ विकेटको जित

7
0

काठमाडौँ । आइपीएल क्रिकेटमा कोलकाताले पञ्जाबलाई हराएको छ । सोमबार राती भएको खेलमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हराएको हो । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो ।

उसका लागि मयंक अग्रवालले ३१ र क्रिस जोर्डनले ३० रन बनाए । १२४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । कोलकतालाई जिताउन कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रनको योगदान दिए ।

जितसँगै कोलकाता ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा छ भने पञ्जाब पाँचौ स्थानमा छ ।