घर मनोरञ्जन तेस्रो बलिउड फिल्म खेल्दै रश्मिका मन्दना

तेस्रो बलिउड फिल्म खेल्दै रश्मिका मन्दना

19
0

हैदराबाद । रश्मिका मन्दनालाई आजभोलि भारतमा नेसनल क्रस भन्ने गरिन्छ । पहिलो फिल्म ‘किरक’ पार्टी हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ले स्टार बनाए ।

यसपछि त रश्मिका तेलगु फिल्ममा मात्र होइन बलिउडमा पनि रोज्जा बनिन् । यसैको असर रश्मिकाले यतिबेला दुइटा बलिउड फिल्म साइन गरेकी छिन् । सिद्धार्थ मल्होत्राको अपोजिटमा ‘मिसन मज्नु’ र अमिताभ बच्चनको ‘गुडबाई’ रश्मिकाले सुटिङ गरिरहेका बलिउड फिल्म हुन् ।

तर, दुईबाहेक रश्मिकाले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको संकेत गरेकी छिन् । अल्लु अर्जुनसँग ‘पुष्पा’को सुटिङबाट बाँकी रहेको समयमा फ्यानसँग इन्स्टामा गफिँदै उनले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको बताएकी छिन् । ‘तेस्रो बलिउड फिल्म गर्दैछु तर अहिले यसको बारेमा पुरै कुरा गर्न मिल्दैन,’ उनले लाइभमा भनेकी छिन् ।

रश्मिकालाई फ्यानले विजय देवकोरान्डासँगको तेस्रो फिल्मको बारेमा पनि जिज्ञासा राखेका थिए । ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ मा सँगै काम गरेपछि दुवैको जोडीलाई दर्शक तेस्रो पटक पर्दामा हेर्न आतुर छन् । तर, दुईको जोडीलाई दर्शकले नयाँ फिल्ममा अनुबन्ध गरेका छैनन् । रश्मिकाले दुवैलाई सुहाउने स्क्रिप्ट आए आफू विजयसँग काम गर्न आतुर रहेको बताएकी छिन् ।