घर मनोरञ्जन झाओको जितलाई संसारभर ‘सेलेब्रेट’, तर आफ्‍नै देश चीन किन खुशी छैन ?

झाओको जितलाई संसारभर ‘सेलेब्रेट’, तर आफ्‍नै देश चीन किन खुशी छैन ?

25
0

लसएन्जल्स । क्लोई झाओको कीर्तिमान जितलाई संसारले ‘सेलेब्रेट’ गरिरहेको छ । क्लोई अस्करमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने दोस्रो महिला बनेकी छिन् भने अश्वेतमा पहिला । एसियाबाट यो अवार्ड जित्नेमा पनि क्लोईले कीर्तिमान कायम गरेकी छिन् ।

तर, यो जितमा उनकै जन्मथलो चीन भने खुशी छैन । बेखुशी मात्र होइन यसले खुशी साट्नेहरूलाई पनि त्यसो गर्न प्रतिबन्ध लगाएको छ । चीनमा क्लोईले इतिहास बनाएको खबर सबैभन्दा पहिला त्यहाँको पत्रिका वाचले चीनको माइक्रो ब्लगिङ साइट विबोमा सेयर गरेको थियो ।

तर, त्यसको केही समयपछि त्यो पोस्ट गायब भएको थियो । त्योबाहेक विबोमा ‘क्लोई झाओ विन्स बेस्ट डिरेक्टर’ नाममा ह्यासट्याग पनि सुरु भएको थियो । तर, त्यो ह्यासट्याग पनि केही समयपछि देखिन छाडेको थियो । त्यसको सट्टामा ‘अकोर्डिङ टु रेलेभेन्ट लज एन्ड रेगुलेसन्स एन्ड पोलिसिज, दि पेज इज नट फाउन्ड’ देखिने गरेको थियो ।

अस्कर स्वीकार गर्ने भाषणमा भने क्लोईले अवार्ड असल सोच्ने र ग्रहण गर्नेमा अवार्ड समर्पण गरेको जनाउँदै १३ औं शताब्दीको चाइनिज कविता ‘पिपल आर गुड एट बर्थ’ वाचन गरेकी थिइन् ।

एक महिना अघि मार्चमा क्लोईले गोल्डेन ग्लोबमा सोही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जित्दा चीनमा उनलाई चिनियाबीच चिनिया मान्ने कि नमान्ने बहस सिर्जना भएको थियो । कतिले त उनले चिनियाको राजनीतिमा अनावश्यक टिप्पणी गरेको भन्दै तिखो आलोचना गरेका थिए । रोयटर्सका अनुसार अस्करको समारोहसमेत चीनमा बन्देज लगाइएको थियो ।