घर राजनीति गगन थापाले लगातार तीन ट्‍वीट गरेपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले दिए यस्तो...

गगन थापाले लगातार तीन ट्‍वीट गरेपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले दिए यस्तो जवाफ

6
0

काठमाडौँ । नपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले अमेरिकी सरकारले उपलब्ध गराउने नेपाल ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोभिड १९ खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भएकाले त्यो खोप नेपाल ल्याउन सरकारलाई कांग्रेस सांसद थापाले आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल ट्‍वीटरमा ट्‍वीट गर्दै नेता थापाले अमेरिकी सहयोगले कोभिडको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाललगायत दक्षिण एसियाका देशहरूलाई सहयोग पुग्‍ने विश्वास व्यक्त गरेका छन् ।

साथै उनले काठमाडौँमा रहेको अमेरिकी दुतावासलाई पनि खोप नेपाल ल्याउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी दुतावासलाई मेन्सन गर्दै सांसद थापाले तत्काल अमेरिकाले दिने खोप नेपाल ल्याउनका लागि पहल थाल्न आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले थापालाई जवाफ लेख्दै अमेरिकाले दिने कोभिड खोप नेपाल ल्याउने पहल सरकारले सुरु गरिसकेको बताएका छन् ।