घर राजनीति केन्द्रीय सदस्यलाई कोभिड संक्रमण भएपछि कांग्रेस बैठक स्थगित

केन्द्रीय सदस्यलाई कोभिड संक्रमण भएपछि कांग्रेस बैठक स्थगित

17
0

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय सदस्य र कर्मचारीमा कोभिड १९ संक्रमण देखिएपछि आज दिउँसो २ बजेलाई डाकिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको हो ।

कांग्रेस नेता चीनकाजी श्रेष्ठ लगायत दुई कर्मचारीमा कोभिड १९ देखिएपछि बैठक स्थगित भएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । केन्द्रिय समितिको अर्को बैठकको मिति पछि जानकारी गराइने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ट्वीटरमार्फत जानकारी दिए ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरेर बैठक स्थगित भएको बताए । केन्द्रीय समिति बैठकमा आगामी १४ औँ महाधिवेशनका विषयमा छलफल हुने कार्यसूची थियो ।