घर खेलकुद त्रिदेशीय क्रिकेट : सरकारले खेलाडीलाई जनही चार लाख, प्रशिक्षकलाई दुई लाख दिने

त्रिदेशीय क्रिकेट : सरकारले खेलाडीलाई जनही चार लाख, प्रशिक्षकलाई दुई लाख दिने

24
0

काठमाडौँ । सरकारले त्रिदेशीय क्रिकेटमा सहभागी २३ खेलाडीलाई जनही चार लाख दिने भएको छ । मन्त्रिपरिषद् बैठकले उनीहरूलाई जनही चार लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

त्रीदेशीय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा पारस खड्का, दीपेन्द्रिसंह एरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमलसिंह एरी, र सुशन भारीलगायत थिए ।